SOLUTION TO ECONOMIC BLOCKADE

जसरी भारतको नेपाल नीति असफल भएको छ त्यसरी नै नेपालको भारत नीति पनि असफल भएको छ।

यसको मूल कारण भारत सरकारको नेपालको आन्तिरक मामिलामा दखल दिने नियत र त्यसलाई हाम्रै नेताले सहर्ष स्वीकार्ने कु-चरित्र नै हो। अर्को महत्वपूर्ण पक्ष, हाम्रा मूलधारको राजनीतिक दल र तिनका नेतासंग राष्ट्र हितको जगेर्ना गर्ने कुनै दूरदर्शी दृष्टिकोण र नीति नै छैन।

विगतमा कांग्रेस, एमाले वा माओवादीलाई प्रयोग गरे झैँ भारत सरकारले मधेश आन्दोलनको नाजायज फाइदा लिएर आफ्नो राष्ट्रको स्वार्थ स्थापित गर्न चाहेको छ। उसले मधेश आन्दोलनमा अाफ्नो नाकाबन्दी थपेर अन्योल सृजना गर्यो, जसले नेपाली नेपालीबीच अन्तरद्वन्द्व सिर्जना गर्दै फाटो बढाउने काम गरिरहेको छ। यसले गर्दा अन्तत: मधेश आन्दोलनको मूल मर्मलाई तुहाउने प्रबल सम्भावना छ।

तसर्थ, भारत सरकारले लगाएको नाकाबन्दी उसको नेपाल प्रतिको रणनीतिक स्वार्थ पूरा गर्ने औजार हो जसलाई हामी सबै नेपाली मिलेर असफल बनाउनु पर्छ, नेपाल र भारत दुबैको नागरिक हितका लागि।

यसका लागि हामीले विद्यमान गैरकानुनी नाकाबन्दीलाई निम्न बुँदाहरुबाट सम्बोधन गर्न अपिल गर्दछौँ:

  1. १) नाकाबन्दीको मुद्दालाई अन्तर्राष्ट्रिय समुदाय माझ लगि रहने ताकि तिनले वर्तमान भारत सरकारको नियत बुझी उचित दवाब सिर्जना गरुन्।
  2. २) मधेश आन्दोलनलाई तुरुन्तै सम्बोधन गर्ने ताकि नेपाल भित्रैबाट निस्केको अाक्रोशको फाइदा भारत सरकारले लिई अाफ्नो स्वार्थ पूरा नगरोस्। नाकाबन्दीको मुद्दालाई अन्तर्राष्ट्रिय समुदाय माझ लगि रहने ताकि तिनले वर्तमान भारत सरकारको नियत बुझी उचित दवाब सिर्जना गरुन्।
  3. ३) यस नाकाबन्दीले ल्याउने छिमेक बीचको चिसोपनबाट नेपालको मात्र नभई भारतकै दीर्घकालीन संमृद्धिलाई बाधा पुग्ने साथै अापसी-कलहले होइन अापसी-मद्दतले मात्र दुवै देश संमृद्ध हुन्छ भन्ने यथार्थलाई भारतीय नागरिकहरु माझ बिनम्रता पूर्वक बुझाउन नेतृत्व र नागरिक दुवै लाग्ने।
  4. ४) अल्पकालमा दैनिक आपूर्ति सहज गर्न चीन लगायत अन्य मुलुकबाट पर्याप्त आयात गर्ने र कम्तीमा पनि ६ महिना नेपाल भित्रै भण्डार गर्नै पर्ने व्यवस्था कानुनमै बनाउने (अहिले १८ दिन मात्र मिल्छ) र यसलाई चाहिने सबै पूर्वधार बनाउने।
  5. ५) तुरुन्तै देशमा उर्जा संकट घोषणा गरी जलविद्युत तथा वैकल्पिक उर्जामा सर्वसाधारण तथा उद्दमीहरुसँग मिली लगानी गर्ने ताकि सबै नेपालीले यसमा अपनत्व महशुस गर्न सकून् ।
  6. ६) भारतसंग वार्ता जारी राख्ने र दुई देशबीच जीत-जीतको वातावरण बनाउनमै केन्द्रित रहने।
  7. ७) नेपालको लागि दीर्घकालीन २१ औं शताब्दी सापेक्ष परराष्ट्र नीति तर्जुमा गर्ने ताकि नेपालले अाफ्नो राष्ट्रिय हित दिगो रुपमा स्थापित गर्न सहज होस्। यसका लागि विवेकशील नेपालीले तयार गरेको २१ औं शताब्दी सापेक्ष ‘उत्तर-दक्षिण नीति”को खाका सार्वजनिक गरेको छ ।www.leadnepal.com/nepalforeignpolicy मा पढ्न सक्नु हुनेछ।

 

हामीले आवेशमा भारत सरकारलाई गाली गरी समय बर्बाद गर्नु भन्दा नेपाल र नेपालीले पर-निर्भरता न्यून गर्ने प्रणाली र व्यवहार अंगाल्ने तथा छिमेकलाई बुझाउने मार्गमा जानु पर्छ। अब हामीले राष्ट्रियतालाई शब्दमा होइन, व्यवहारमा उतार्ने दिन अाएको छ। हाम्रो अक्षुणता र सार्वभौमिकता हामी बीचको एकता, आपसी सद्भाव, सामरिक सुरक्षा, कुटनीतिक दक्षता र संमृद्धिमा निहित हुने छ। भनिन्छ समस्या महान अवसर पनि हो। अवसर लिने होइन अाफैबाट परिवर्तन शुरु गरेर ?

अब नेपाली भनेर होइन बनेर देखाउने बेला अाएको छ।
त्यसैले परिवर्तन अाफैबाट शुरु गरौं!विवेकशील नेपाली दल
Recent Posts
Comments
  • Hem Pun
    Reply

    More importantly that than the economic embargo by the India, the significant opportunities to our Nepalese children’s future is blocked by our so-called leaders. Getting rid of these incompetent leaders is the only solution, if Nepal is to progress

Leave a Reply