PRESS RELEASE 2072-09-02

प्रेस बिज्ञप्ति: विवेकशील नेपाली दलको नाम जोडेर फैल्याईएको विभिन्न समाचारबारे हाम्रो ध्यानाकर्षण

विवेकशील नेपाली सु-संस्कृत र अहिंसावादी राजनीतिमा अडिग राजनीतिक शक्ति हो जसले निरन्तर समाधानमुखी संवाद र सहकार्यमा विश्वास गर्छ। एउटा राजनीतिक दलका रूपमा समाजका क्रियाशील अरु राजनीतिक दल, समूह वा व्यक्तिहरुसंग भेटघाट र छलफल गर्नु स्वाभाविक प्रक्रिया हो। यस्तो भेटघाट हिजो मात्र भएको होइन, फरक-फरक विचार समुहहरुसंग धेरै अघिदेखि नै हुँदै आएको छ र भविष्यमा पनि यो अभियानले निरन्तरता पाउनेछ। ३ बर्षदेखि राजनीतिक सु‍-संस्कार निर्माणको लागि २१ औँ शताव्दी सापेक्ष नेतृत्व निर्माण गारिरहेको छ। हाम्रा मूल्य र मान्यताहरुमा अरुको धारणा जान्नु, अरुलाई पनि हाम्रा कुरा बुझाई विवेकशील नेपाली दललाई एउटा भरपर्दो बैकल्पिक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नु यस्ता भेटघाटको उदेश्य हो। नेपालमा नया शक्ति निर्माणको अभियानमा विवेकशील नेपाली दलको लामो अनुभब छ। हाम्रा बिचार र व्यवहारलाई पोजिटिभ भाईरस जसरी समाजमा बिस्तार गर्नु पर्दछ भन्ने हाम्रो मान्यता हो।२०७२ पौष १ गते पुर्व-प्रधानमन्त्री बाबुराम भट्टराईले आयोजना गर्नुभएको छलफल कार्यक्रम मा विवेकशील नेपाली दलका तर्फबाट प्रतिनिधित्व भएको व्यहोरा सत्य हो। यस छलफलको एजेन्डा थियो – १) नया-बैकल्पिक राजनीतिक शक्तिको औचित्य र आवश्यकता २) नया शक्ति पक्षधर बीच सहकार्य ३) नया शक्तिहरुको कोर एजेन्डा र संगठनात्मक स्वरुप र प्रकिया।
हिजो भएको बाबुराम भटराई, प्रदिप गिरी, योगेन्द्रमान शाक्य, दिपेन्द्र झा लगायत समाजका अन्य व्यक्तित्वहरु संगको अन्तरक्रिया यो आभियान कै निरन्तरता हो। तर हाम्रो यो भेटघाटलाई आज केहि अनलाईन समाचार माध्यमहरुमा बाबुराम भट्टराईको अभियान सँगै हामी मिल्न लागेको आशयको भ्रामक समाचार आएकोमा विवेकशील नेपाली दलको गंभीर आपत्ति छ। विगत ३ बर्षको हाम्रो अनुभव एवं घोषित मूल्य र मान्यतालाई अलपत्र छोडेर अस्तित्वमा नै नआईसकेका कुनै पनि समूहसंग मिल्ने कुनै सवाल नै आउँदैन। यद्यपि समान सोच भएका व्यक्ति, समुह वा दलहरु मुद्दाका आधारमा सहकार्य हुने वातावरण बनेको खण्डमा त्यस तर्फ हामी सधैँ सकारात्मक रहनेछौं।धन्यवाद।
रमेश पौड्याल
प्रवक्ता
विवेकशील नेपाली दल
फोन: ९८५१००४२९७
www.leadnepal.com
मिति: २०७२/०९/०२
Recent Posts

Leave a Reply